Thursday, October 27, 2011

मात्र शुरुवात,अन्त्य होईन


by Basanta Shrestha on बिहीवार , अक्टोबर 27, 2011 तारिख 2:36बिहान बजे
                                                                             म आफैमा केही होईन फगत् एक शितको थोपा हुँ तर जव आत्मियता बोकेको हातको हत्केलामा अटाउछु तब एक अन्जुली पानी मात्र बन्न सके पनि त्यसले नेपाली साहित्यलाई थोरै भए पनि सिचाइमा बल पुर्याउन सके धन्य हुन्थे । यहि सोच थियो सायद जिन्दगीको, यहि खोज थियो । केही समय अगाडि आदरणिय रेडियो कर्मी,गीतकार रमेश पौडेल दाई र गजलकार ललिजन रावल दाईसँगको जम्काभेट हुँदा प्रसङ्ग बश केही कुरा राखे जहाँ मेरो स्वर्गिय पारु दिदिको नाममा अक्षयकोष स्थापना गरेर नव प्रतिभालाई सम्मान र प्रोत्साहन गर्ने योजना बन्यो । उहाँहरुको आत्मियतासंगै बिशुद्ध ढंगबाट पुरस्कार दिन सकिने बाटो तय गर्न सुझाव र सल्लाह पनि दिनु भयो । यो सायद उहाँहरुको भाइ प्रतिको एक सदभाव थियो । यहि फेसबूकको भित्तोबाट सम्बन्धको सेतु तयार भएको रमेश दाई र ललिजन दाई नै यो शुभ कार्यको प्रारम्भ हुनुहुन्छ । उहाँ प्रतिको मेरो सम्मान र आदरभाव आजिवन रहनेछ ।

                                                                  एक आख्यानकार जो लघुकथा मार्फत चोटिलो ढंगबाट सधैं फेसबूकका हामी जस्ता साहित्यक अनुरागी माझ छाउनु हुन्छ उहाँ नै यो कार्यक्रमको असली आयोजक मान्छु । राजु दाहाल । सधैं उहाँको नाम उच्चारण गर्दा आफै गौरव महसुस गर्छु । एक समयमा 'बसन्तजी हामी भित्तामा मात्र सिमित नभएर कतै बाहिर पनि भेटौ न ? यसो छलफल गरौ ।' मैले पनि सहमती जनाए । अर्का मित्र तिव्वतजीलाई पनि निम्तो गरे । नाम लिस्ट बन्दै थियो तर कार्तिक १ मा श्रीमतीलाई ब्यथा लागेकोले सम्भव भएन । सन्तान प्राप्ती पछि कार्तिक ७ बेलुकी फेरि इन्बक्समा राजुजीको म्यासेज आयो । 'पर्सी १०२ औं महाकवि लक्ष्मी प्रसादजीको जन्म जयन्ती,तिहारको पूर्व सन्ध्यामा शुभ कामना आदान प्रदान र उहाँको निस्कन लागेको 'बिस्कुन लघुकथा' र मेरो उपन्यास बन्न लागेको 'आरु फूल्ने बैश'को बारेमा छलफल गरौ' भन्ने प्रस्ताव थियो । मैले नाइ भन्नै सकिन यो अमुल्य अवसरलाई । दिदिको नाममा राखेको पैसालाई पनि कुनै शुभ कार्यमा प्रयोग गर्नु सकिन्छ भन्ने आश बढ्यो । बिचार बिमर्श गर्यौ कस कसलाई डाक्ने ? सबै आत्मिय थियो र छन् । मैले भने २० जना जति डाकौ । अनौपचारिक भेला गरौ अनी मात्र फेसबूकको भित्तो रङ्गाउला । केही नामहरुमा संपर्क साध्यौ ।


                                                       अनौठो ! सबैको माया मिश्रित एक भावनाले ह्रदय फुलेल बन्यो । समा राउत दिदिले कार्यक्रमको शुरुवातबाटै साथ दिनु भयो । रमेश पौडेल दाईले केही नामलाई फोन गर्ने सुझाव र सहयोग लगायत स-शरिर उपस्तिथीको बाचाले मन प्रफ्फुलित बन्यो । समा दिदिको कारण कथाकार/लघुकथाकार/कवि र सानैबाट टेलिभिजनमा बाल कार्यक्रम चलाउनु हुने आदरणिय किशोर पहाडी दाईसँग फोन संपर्क र उहाँको न्यानो मायाले हामी उत्साहित बन्यौ । नियात्राकार प्रतिक दाई/कवि रमेश कडेल दाई र अर्का प्रतिभावान बैनी कवयित्री बिध्धालाई राजुजीले निम्तो दिनु भयो । कथाकार/कवि र गजलकार अनि नेपाली साहित्यमा फरक धार र गजलमा नौलो प्रयोग रुचाउनु हुने बिपुल सिजापती दाई व्यक्तिगत कारणले अकास्मात नेपाल फर्किनु भएकोले भाग्यबश समा दी मार्फत भेट्ने साइत जुर्यो ।


                                              आनन्द सरले आफ्नै सम्झिएर आत्मियता देखाउनु भयो । ज्ञानेन्द्र पराजुली सर जो white gold कलेजका प्रिन्सिपल पनि हुनुहुन्छ उहाँले आफ्नोपनको उदाहरण पेश गर्दै ठाउँ दिनु भयो । निमन्त्रणा स्वीकार गरिदिनु भयो । लक्ष्मी पूजाको तयारी र अन्य कार्य व्यस्तताको बाबजुद उमा सुबेदी दिदि,समा दिदि,बनेपाबाट इन्दिरा प्रयास दिदि पाल्नु भयो । रुपक गेडी सर्जक टेकेन्द्र अधिकारी सर र उहाँको धर्मपत्नी तथा साहित्य क्षितिजको प्रख्यात कथाकार/कवयित्रि सीमा आवस भाउजुको उपस्तिथीले कार्यक्रममा नौलो उडान भर्नु भयो भने शिव प्रकाश दाई र ललिजन दाई व्यक्तिगत कारणले अनुपस्तिथ हुनु भएता पनि उहाँहरुको शुभ कामना हाम्रो साथमा थियो । व्यस्तताको बाबजुद पनि डा.दीपक के खड्का दाईको गरिमामय उपस्तिथिले आधा कार्यक्रम सफल बन्यो भने कोपिला कवि/ भविष्यको कर्णधार तथा रमेश पौडेल दाईको सुपुत्र आदर्श पौडेल भतिजको उत्साहपूर्ण सहभागिता साँच्चै कार्यक्रम सफल बन्यो । फेसबूकबाट परिचित आत्मिय कृष्ण बस्नेत सरले सानो म्यासेजलाई आफन्त्व सम्झिएर आइदिदा ह्रदय गदगद भयो ।


                                      सबैको गरिमामय उपस्तिथिमा सहभागी सबै सर्जकले आफ्नो अमुल्य रचना पाठले पनि कार्यक्रम सम्झन लायक बनायो भने राजु सरको आत्मिय सहयोग र रमेश पौडेल दाईले साहित्य रचना पाठको रेकडिङ्ग तथा आनन्द सरको भिडियो खोचाइले यो अनौपचारिक कार्यक्रम स्मरणयोग्य बन्यो । हाम्रो चाहना सबै आत्मिय मनहरुलाई समेट्ने भए पनि समय अभाव र तयारीको कमीले सबैमा सूचना प्रवाह गर्न नसकिएको र समेट्न नसकिएकोमा क्षमा प्रार्थी छौ । निकट भविष्यमा एक कोष स्थापना गरि नेपाली साहित्य उत्थान,साहित्यकारको सम्मान र साहित्य फाटकै समग्र बिकासमा टेवा पुग्ने योजना बनाउने छौ । सबैलाई समेट्ने छौ । भने प्रकाशन,बितरण र सम्मानले नेपाली साहित्यको सेवा गर्नेछौ भन्ने बाचा सहित कुसल कथाकार राजु दाहालजीको लघुकथा संग्रहलाई एक पाइलाको रुपमा हामी अगाडि बढाउछौ । सबै सबैमा हार्दिक हार्दिक आभार !        

No comments:

Post a Comment