मारिएका मान्छेहरुलाई
एकै ठाउँमा थुपारेपछि
उसले गर्वसाथ भन्यो –
“यी सबै आतंककारीहरु हुन्”
तिनै लासहरुलाई पल्टाउदै
फेरि अर्कोले भन्यो –
“यी सबै प्रहरीहरु हुन्”
मैले प्रहरीतर्फ हेरें
त्यहाँ सबै नै मेरा
आफ्नै दाजुभाइहरु थिए
मैले आन्दोलनकारीतर्फ हेरें
त्यहाँ पनि मेरा
आफ्नै नातेदारहरु थिए
र एकले अर्कोलाई
मार्न सकेकोमा
साहसिक शिकार–कथाको वर्णन गरेझैं
आ–आफ्नो पुरुषार्थ ओकल्दै थिए .....
मैले पहाडहरुतिर हेरें
पहाड सुँक्क–सुँक्क रुदै थियो,
मैले गुराँसतिर हेरें
रगतले लफ्रक्कै भिजेको थियो,
मैले हेरेको बेला
हिमालमा पनि आगो लागेको थियो,
मेरो घाइते राष्ट्रियता
कोशीको पानी झैं
क्रमशः ओरालो लाग्दै थियो
र राजधानीको मध्यभागमै
‘महेन्द्र चौधरी’हरुको
विशाल जुलुस निस्केको थियो
आज मेरो देश पनि म जस्तै
मेरै पिढीमा झोक्राएको थियो .....
सोचें —
उसले ‘घूस’ मात्रै नखाएको भए पनि
आज यी मान्छेहरु मर्ने थिएनन् ,
उसले ‘इमान’ मात्रै नछोडेको भए पनि
‘महेन्द्र चौधरी’हरु सल्बलाउने थिएनन् ,
उसले देश हाँक्नुअघि
देशकै एक चिम्टी माटोलाई
आफ्नै निधारमा राख्नु पर्थ्यो,
बेइमानी नगर्ने प्रतिज्ञाका साथ
छोरीलाई काखमा राखेर
पशुपति भाक्नु पर्थ्यो ,
यति गर्न नसके पनि
कमसेकम
आफ्नो लाज आफैंले राख्नु पर्थ्यो .....
वुधवारे, झापा
हाल – बबरमहल, काठमाडौं
एकै ठाउँमा थुपारेपछि
उसले गर्वसाथ भन्यो –
“यी सबै आतंककारीहरु हुन्”
तिनै लासहरुलाई पल्टाउदै
फेरि अर्कोले भन्यो –
“यी सबै प्रहरीहरु हुन्”
मैले प्रहरीतर्फ हेरें
त्यहाँ सबै नै मेरा
आफ्नै दाजुभाइहरु थिए
मैले आन्दोलनकारीतर्फ हेरें
त्यहाँ पनि मेरा
आफ्नै नातेदारहरु थिए
र एकले अर्कोलाई
मार्न सकेकोमा
साहसिक शिकार–कथाको वर्णन गरेझैं
आ–आफ्नो पुरुषार्थ ओकल्दै थिए .....
मैले पहाडहरुतिर हेरें
पहाड सुँक्क–सुँक्क रुदै थियो,
मैले गुराँसतिर हेरें
रगतले लफ्रक्कै भिजेको थियो,
मैले हेरेको बेला
हिमालमा पनि आगो लागेको थियो,
मेरो घाइते राष्ट्रियता
कोशीको पानी झैं
क्रमशः ओरालो लाग्दै थियो
र राजधानीको मध्यभागमै
‘महेन्द्र चौधरी’हरुको
विशाल जुलुस निस्केको थियो
आज मेरो देश पनि म जस्तै
मेरै पिढीमा झोक्राएको थियो .....
सोचें —
उसले ‘घूस’ मात्रै नखाएको भए पनि
आज यी मान्छेहरु मर्ने थिएनन् ,
उसले ‘इमान’ मात्रै नछोडेको भए पनि
‘महेन्द्र चौधरी’हरु सल्बलाउने थिएनन् ,
उसले देश हाँक्नुअघि
देशकै एक चिम्टी माटोलाई
आफ्नै निधारमा राख्नु पर्थ्यो,
बेइमानी नगर्ने प्रतिज्ञाका साथ
छोरीलाई काखमा राखेर
पशुपति भाक्नु पर्थ्यो ,
यति गर्न नसके पनि
कमसेकम
आफ्नो लाज आफैंले राख्नु पर्थ्यो .....
वुधवारे, झापा
हाल – बबरमहल, काठमाडौं
No comments:
Post a Comment