धृतराष्ट्रहरु जन्मजात अन्धा हुन्छन्
र पेटका कपटी पनि ...
धृतराष्ट्रहरु आफूले देख्न सक्तैनन्
र, अरुले देखेको पनि सहन नसकेर
जिन्दगीभर आँखामा पट्टी बाँध्न लगाउँछन्
आफ्ना गान्धारीहरुलाई ..
धृतराष्ट्रहरु मुलुकको हित चिताउनुभन्दा
‘चीरहरण’ को चित्कार सुन्न रुचाउछन् ,
धृतराष्ट्रहरु अरु हाँसेको देख्न नसकेर
षड्यन्त्रकारी लाक्षागृहको निर्माण गर्छन् ,
यो अकाट्य सत्य हो कि
धृतराष्ट्रहरु कर्मयोगी कृष्णको उपेक्षा गरेर
सकुनीको सल्लाहमा चल्न रुचाउँछन् ...
धृतराष्ट्रहरुका लागि देश भनेको ‘रोटी’ हो
जो उसले चाहेको ठाउँबाट चपाउन पाउनु पर्छ,
धृतराष्ट्रहरुका लागि देश स्वादिलो पेय पदार्थ हो
जो उसले एकबिहानैदेखि
शयनकक्षदेखि नै
पाइप लगाएर चुस्न पाउनुपर्छ,
यी ‘गोप्य’ काम गर्न बढी रुचाउँछन्
र पारदर्शिताको भाषण छाँट्छन् ,
यी ‘सिस्टम’ नबसेको गुनासो सुनाउँछन्
र बसिसकेको सिष्टमलाई पनि
रत्नपार्कको रेलिङ्ग सरह भत्काउँछन्
यिनलाई एक रति लाज पनि लाग्दैन
यिनलाई एक थोपो घीन पनि लाग्दैन
धृतराष्ट्रहरु देशलाई हाडखोर संझेर
लोभी कुकुरले झैं चपाइरहन्छन् ..
यी दुशासनहरु भेला हुन्छन्
र सुशासनको कुरा गर्छन् ,
दुर्योधनहरु मंचमा जान्छन्
र सदाचारका अर्ति दिन्छन् ,
पाप लुकाउने आशामा
यी मन्दिर धाउँछन्÷पूजा गर्छन्
कुकर्म छोपिने आशामा
यी दौरा सुरुवाल लगाउछन्
र, तक्मा झुण्ड्याउँछन ,
अरुको हितमा हुने
एउटा सानो निर्णय गर्नु पर्दा
कामज्वरो भएको रोगी झैं थरथर काँप्छन्
र एकैदिनमा दर्जनौं पटक
आफैंभित्र मर्छन् ,
तैपनि यिनै नामर्दहरु
आफैंले मुलुक हाँकेको
सगर्व डिंग हाँक्छन् ...
धृतराष्ट्रहरु राम्रो कुरा गर्छन्
र नराम्रो काम गर्छन् ,
धृतराष्ट्रहरु चिप्लो कुरा गर्छन्
र, जनताको मुटुमा रन्दा चलाउँछन् ,
कुनै प्रतिभा जन्मिए आफूमुनि
निरन्तर त्यसको घाँटी रेट्छन्
र, हुर्कंदो सिर्जनशीलतालाई
‘गेहेन्द्र समशेर’ बनाउँछन् ...
धृतराष्ट्रहरु आफ्नो गन्तव्यलाई
प्रतिष्ठाको प्रश्न बनाउँछन् ,
र बित्थाको रडाको मच्चाउँछन्
तर मुलुकको गन्तव्यका बारेमा
कुनै चिन्ता लिदैनन् ,
आफ्नै बुद्धिले गर्दा
मुलुक भासिंदै छ रसातलमा
तैपनि कुनै हिनताबोध गर्दैनन् ,
उसको गोलीले पनि मुलुक मरेको छ
यिनको बोलीले पनि मुलुकै मरेको छ
तैपनि धृतराष्ट्रहरु
मुलुक लुटेको भरमा
चिरञ्जीवी हुने सपना देख्छन् ,
आगो लागेको छ चारैतिर
कोठाभित्र लुकेर यी
सुरक्षित भएको भ्रम पाल्छन् ,
र, दौराले छोपेर आफ्नो अगस्ती पेटलाई
धृतराष्ट्रहरु उघ्राई रहेछन्
धृतराष्ट्रहरु कुम्भकर्ण निद्रामा मस्त छन्
तर ढोकामै लेखिएको छ सूचना कि
भित्र यी अत्यन्तै व्यस्त छन् .....
२०६१।५।२७
बबरमहल, काठमाडौं ।
र पेटका कपटी पनि ...
धृतराष्ट्रहरु आफूले देख्न सक्तैनन्
र, अरुले देखेको पनि सहन नसकेर
जिन्दगीभर आँखामा पट्टी बाँध्न लगाउँछन्
आफ्ना गान्धारीहरुलाई ..
धृतराष्ट्रहरु मुलुकको हित चिताउनुभन्दा
‘चीरहरण’ को चित्कार सुन्न रुचाउछन् ,
धृतराष्ट्रहरु अरु हाँसेको देख्न नसकेर
षड्यन्त्रकारी लाक्षागृहको निर्माण गर्छन् ,
यो अकाट्य सत्य हो कि
धृतराष्ट्रहरु कर्मयोगी कृष्णको उपेक्षा गरेर
सकुनीको सल्लाहमा चल्न रुचाउँछन् ...
धृतराष्ट्रहरुका लागि देश भनेको ‘रोटी’ हो
जो उसले चाहेको ठाउँबाट चपाउन पाउनु पर्छ,
धृतराष्ट्रहरुका लागि देश स्वादिलो पेय पदार्थ हो
जो उसले एकबिहानैदेखि
शयनकक्षदेखि नै
पाइप लगाएर चुस्न पाउनुपर्छ,
यी ‘गोप्य’ काम गर्न बढी रुचाउँछन्
र पारदर्शिताको भाषण छाँट्छन् ,
यी ‘सिस्टम’ नबसेको गुनासो सुनाउँछन्
र बसिसकेको सिष्टमलाई पनि
रत्नपार्कको रेलिङ्ग सरह भत्काउँछन्
यिनलाई एक रति लाज पनि लाग्दैन
यिनलाई एक थोपो घीन पनि लाग्दैन
धृतराष्ट्रहरु देशलाई हाडखोर संझेर
लोभी कुकुरले झैं चपाइरहन्छन् ..
यी दुशासनहरु भेला हुन्छन्
र सुशासनको कुरा गर्छन् ,
दुर्योधनहरु मंचमा जान्छन्
र सदाचारका अर्ति दिन्छन् ,
पाप लुकाउने आशामा
यी मन्दिर धाउँछन्÷पूजा गर्छन्
कुकर्म छोपिने आशामा
यी दौरा सुरुवाल लगाउछन्
र, तक्मा झुण्ड्याउँछन ,
अरुको हितमा हुने
एउटा सानो निर्णय गर्नु पर्दा
कामज्वरो भएको रोगी झैं थरथर काँप्छन्
र एकैदिनमा दर्जनौं पटक
आफैंभित्र मर्छन् ,
तैपनि यिनै नामर्दहरु
आफैंले मुलुक हाँकेको
सगर्व डिंग हाँक्छन् ...
धृतराष्ट्रहरु राम्रो कुरा गर्छन्
र नराम्रो काम गर्छन् ,
धृतराष्ट्रहरु चिप्लो कुरा गर्छन्
र, जनताको मुटुमा रन्दा चलाउँछन् ,
कुनै प्रतिभा जन्मिए आफूमुनि
निरन्तर त्यसको घाँटी रेट्छन्
र, हुर्कंदो सिर्जनशीलतालाई
‘गेहेन्द्र समशेर’ बनाउँछन् ...
धृतराष्ट्रहरु आफ्नो गन्तव्यलाई
प्रतिष्ठाको प्रश्न बनाउँछन् ,
र बित्थाको रडाको मच्चाउँछन्
तर मुलुकको गन्तव्यका बारेमा
कुनै चिन्ता लिदैनन् ,
आफ्नै बुद्धिले गर्दा
मुलुक भासिंदै छ रसातलमा
तैपनि कुनै हिनताबोध गर्दैनन् ,
उसको गोलीले पनि मुलुक मरेको छ
यिनको बोलीले पनि मुलुकै मरेको छ
तैपनि धृतराष्ट्रहरु
मुलुक लुटेको भरमा
चिरञ्जीवी हुने सपना देख्छन् ,
आगो लागेको छ चारैतिर
कोठाभित्र लुकेर यी
सुरक्षित भएको भ्रम पाल्छन् ,
र, दौराले छोपेर आफ्नो अगस्ती पेटलाई
धृतराष्ट्रहरु उघ्राई रहेछन्
धृतराष्ट्रहरु कुम्भकर्ण निद्रामा मस्त छन्
तर ढोकामै लेखिएको छ सूचना कि
भित्र यी अत्यन्तै व्यस्त छन् .....
२०६१।५।२७
बबरमहल, काठमाडौं ।
No comments:
Post a Comment